मुलुक निर्वाचनमा अगाडि बढिसक्यो : सञ्चारमन्त्री खरेल

पुस १३, २०८२ | पोखरा

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनमा जान प्रमुख दलहरु सहमत भइसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनतिर अघि बढिसकेको बताउनुभएको छ ।

पोखरामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उहाँले चुनावमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढेको बताउनुभएको हो ।

दलहरूले समानुपातिकको लागि बन्द सूची तयार गर्नु, राजनीतिक दल एकत्रित भइरहनु खुसीको कुरा रहेको मन्त्री खरेलको भनाइ थियो ।

जेन–जी आन्दोलनको जगमा हुन लागेको निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई सुशासनयुक्त, भ्रष्टाचारमुक्त बनाउँदै समृद्ध नेपाल बनाउने दिशामा अगाडि बढाउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

फरक प्रसंगमा मन्त्री खरेलले देशकै अर्थतन्त्र नचल्दा मिडिया पनि समस्यामा रहेको र सञ्चार माध्यम पनि नेपालमा आवश्यकताभन्दा धेरै भएकाले मर्जरको प्रक्रियामा जानुपर्ने धारणा राख्नुभयो ।

सरकारले दिने लोककल्याणकारी विज्ञापन जानुपर्ने ठाउँमा नगएको स्विकार गर्दै मन्त्री खरेलले क्रियाशील पत्रकारसम्म पु¥याउन मन्त्रालयले पहल गरिरहेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया