जेनजी घाइतेलाई भत्ता दिने सरकारको तयारी

पुस ४, २०८२ | काठमाडौं

सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई जीविकोपार्जन भत्ता दिने तयारी गरेको छ ।

घाइतेको बर्गिकरण गरि उनीहरुलाई मासिक भत्ता दिन लागिएको हो ।

गृहमन्त्रालयका अनुसार गम्भिर घाइतेलाई मासिक ९ हजार र अतिगम्भीर घाइतेलाई मासिक १८ हजार दिइने छ ।

सरकारले बनाएको कार्यविधि अनुसार मध्यम प्रकृतिका घाइतेले भने मासिक ४ हजार रुपैयाँ भत्ता पाउने छन् ।

यसकालागि सरकारले घाइते भएकाहरूको वर्गीकरणलाई अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणित गरे बमोजिम भत्ता उपलब्ध गराइने गृहमन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया