मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै
पुस ४, २०८२ | काठमाडौं
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ । अपरान्ह् ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मंसिर १९ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका संसदीय दलका नेता यादवले विश्वासको मत लिन लाग्नु भएको हो ।
विश्वासको मत पाउनका लागि बहुमत आवश्यक भएपनि मुख्यमन्त्री यादवसँग दुई तिहाई समर्थन रहेको बताइएको छ ।
यस अघिका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि अब बन्ने कुनै पनि सरकारलाई विश्वासको मत दिने भनेकाले पनि मुख्यमन्त्री यादवलाई पुरै सदनले विश्वासको मत दिने अपेक्षा गरिएको छ ।









