उम्मेदवारी मनोनयन गर्न जाँदा तडकभडक नगर्न आयोगको आग्रह
माघ ५, २०८२ | काठमाडौं
निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न आग्रह गरेको छ ।
आयोग कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गर्दा तामझाम नगर्न आग्रह गर्नुभएको हो । आयोगका अनुसार उम्मेदवारले वारेसमार्फत् पनि मनोनयन दर्ता गर्न पाइनेछ ।
निष्पक्ष निर्वाचनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।











