अब चुनावबाट कोही पछाडी फर्किन सक्दैन : पुष्पकमल दाहाल

रेडियो कान्तिपुर संवाददाता

पुस १६, २०८२ | काठमाडौं

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलाई लिएर उत्पन्न अन्योल अन्त्य भएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले अब चुनावबाट कोही पछाडी फर्किन नसक्ने समेत बताउनुभयो । प्रमुख दलहरुसँग कमजोरी सच्याएर अघि बढ्ने विकल्प मात्र भएको दाहालको भनाइ थियो । दलहरुको औचित्य कायम राख्न नयाँ प्रतिवद्धता गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमै धाँधलीमुक्त र भयमुक्त निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीका बाबजुद निर्वाचनको वातावरण बनाउन सर्वपक्षीय छलफलमार्फत् आवश्यक तयारी अघि बढिरहेको जानकारी दिनुभयो । बैठकमा कोशी प्रदेशका १४ जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी थिए । 


प्रतिक्रिया