राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइँदै

रेडियो कान्तिपुर संवाददाता

पुस १६, २०८२ | काठमाडौं

२०३३ पुस १६ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासहितका नेता भारतबाट निर्वासित जीवन त्यागेर नेपाल फर्किएको सम्झनामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा मेलमिलाप दिवस मनाउन लागिएको हो।

 कांग्रेसका संस्थापक नेता समेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य लगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करीब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो। 

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइराला सहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किनु भएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपी लगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किनु भएको थियो । दिवसका अवसरमा आज नेपाली कांग्रेस र उसका भ्रातृ एवं शुभेच्छुक संस्थाले राष्ट्रिय एकता तथा मेलमिलाप देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । 


प्रतिक्रिया