राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै
पुस १६, २०८२ | काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच आज एकता हुँदैछ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा छोडेर राप्रपा नेपालमा सक्रिय हुनुभएका कमल थापा आज मूल पार्टी राप्रपामा समाहित हुन लाग्नुभएको हो ।
आज दुई पार्टीबीच दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोह हुँदैछ । केहीदिन अघि लिङ्देन र थापाले दुई बुँदे एकता सहमति गर्नुभएको थियो । एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्दता छ । झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारीका रुपमा आज एकता घोषणा हुन लागेको हो ।










