वीरगन्जमा हैलाका नियन्त्रणका लागि आपतकालिन अभियान सुरु

भाद्र ८, २०८२
वीरगन्जमा गत शुक्रबार राती देखि फैलिएको हैजाको कारण अझै पत्ता लाग्न सकेको छैन् । गत शुक्रबार राती महानगरपालिका–१२स्थित मुर्ली टोलका स्थानीयमा संक्रमण देखिएको थियो । हाल त्यहांको ११, १३ र १६ वडामा समेत संक्रमण फैलिएको छ । महानगरका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले बताउनुभयो । हालसम्म करिव १ सय ३० जना उपचारत रहेको जनाइएको छ । हैला फैलिएसंगै वीरगन्ज महानगरपालिकाले रोकथामका लागि आपतकालिन अभियान सुरु गरेको छ । ३२ वटा वडाका स्वास्थ्यकर्मीलाई परिचालन गरि औषधी, एम्बुलेन्स तथा अन्य सवारीसाधन तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ । यस्तै, हैजाको मुख्य कारण भने अझै पत्ता लाग्न बांकी रहेको जनस्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो । हाल विरामीको नमुना परिक्षण गर्ने क्रममा रहेको उहांको भनाई छ ।