कर्णाली प्रदेशसभाको सभामुख पदका लागि आज निर्वाचन

माघ १, २०७९ | सुर्खेत

कर्णाली प्रदेशसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेकी नन्दा गुरुङ र कांग्रेसबाट खड्ग बहादुर पोखरेलको उम्मेदवारी परेको छ । सत्तागडवन्धनमा भएको सहमति अनुसारकर्णालीमा सभामुख एमालेको भागमा परेको छ ।

यसैबीच दुई पटक भएको निर्वाचनबाट सभामुख पाउन नसकेको सुदुरपश्चिम प्रदेशमा भोली पुन:मतदान हुने भएको छ । सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन दुई पटक अनिर्णीत बनेको छ । 


प्रतिक्रिया