भेनेजुयलामा अमेरिकाले गरेको आक्रमणमा क्युबाका ३२ जनाको मृत्यु
पुस २१, २०८२ | काठमाडौं
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले गरेको आक्रमणमा ३२ जना क्युबाका नागरिकको मृत्यु भएको छ ।
क्युबाको सरकारले अमेरिकाले गरेको सैन्य आक्रमणका क्रममा आफ्ना नागरिक मारिएको पुष्टि गरेको छ । मृतकहरु क्युबाको सशस्त्र बल र गुप्तचर निकायका सदस्य रहेको त्यहाँको सरकारलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणमा आफ्ना देशको नागरिक मारिएपछि क्युबामा दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको समाचारमा जनाइएको छ । दीर्घकालीन सहयोगी देशका रुपमा रहेका भेनेजुयला र क्युबाबीच तेल उत्पादन र सुरक्षा क्षेत्रमा सहकार्य हुँदै आएको छ ।









