ट्रम्पको चेतावनी : अन्तरिम राष्ट्रपति रोड्रिगेजले अमेरिका अनुकुल कार्य नगरे मदुरोभन्दा बढी मूल्य चुकाउनुपर्ने

पुस २१, २०८२ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई कब्जा गरिएको नेता निकोलस मदुरोले भन्दा बढी मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । 

राष्ट्रपति ट्रम्पले रोड्रिगेजले सही काम नगरेमा मदुरोको भन्दा नराम्रो हाल बनाउने धम्की दिनुभएको हो । ट्रम्पले द एटलान्टिक पत्रिकालाई अन्तर्वार्ता दिँदै भेनेजुएलाको पछिल्लो अवस्थाबारे टिप्पणी गर्नुभएको हो । उहाँले न्यूयोर्क पोस्टलाई दिएको एक अन्तर्वार्तामा रोड्रिगेजले अमेरिकाको कुरा मानिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नु नपर्ने समेत बताउनुभएको थियो ।

 यता, अन्तरिम राष्ट्रपति रोड्रिगेजले मदुरोलाई सत्ताबाट हटाउने कुराको आलोचना गर्दै उनको फिर्ता गर्नुपर्ने माग गर्नुभर्एको छ । यसैबीच, कब्जा गरिएका पूर्व राष्ट्रपति मदुरोलाई आज न्ययोर्कको अदालतमा पेश गरिँदैछ । 

उहाँमाथि लागु औषध र हतियारको प्रयोग गरी लागु औषधको आतंक फैलाएको आरोप अमेरिकाले लगाएको छ । जसलाई पूर्व राष्ट्रपति मदुरोले अस्वीकार गर्दै आउनुभएको छ ।। 


प्रतिक्रिया