गाजामा इजरायलको सैन्य कारबाही, एक सय बढीको मृत्यु

जेष्ठ २, २०८२ | काठमाडौं

इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा गरेको सैन्य कारबाहीमा परि मृत्यु हुनेको संख्या १ सय नाघेको छ । इजरायली सेनाले दक्षिण गाजाको कम्तीमा ९ छुट्टा छुट्टै स्थानमा मध्यरातदेखि आक्रमण गरिरहेको छ । इजरायली सेनाले त्यहाँ बस्ने प्यालेस्टीनीलाई सहर छोड्न आदेश समेत दिएको थियो ।

इजरायली सेनाको सो हवाई आक्रमण गाजा क्षेत्रमा सहायता रोक्न गरिएको कदमको रुपमा बुझिएको छ । विगत १० हप्तादेखि इजरायलले गाजामा बाह्य सहायता रोकेको छ । गाजास्थित १० फरक सहायता एजेन्सीहरुले त्यहाँ मानवीय अवस्था झनैँ खराब हुँदै गएको बताएका छन् ।

अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा कम्तीमा १ हजार २ सय इजरायली मारिएका थिए भने २ सय ५१ जनालाई बन्दक बनाइएको थियो ।  


प्रतिक्रिया