ट्रम्प साउदी अरबमा

वैशाख ३०, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणको लागि साउदी अरेबिया पुग्नुभएको छ । दोस्रो पटक सत्तारोहण गरेपछि राष्ट्रपति ट्रम्प पहिलो पटक कूटनीतिक यात्राको लागि जानुभएको हो । राष्ट्रपति ट्रम्पलाई साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले स्वागत गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । 

साउदी, कतार र युएईको चार दिने भ्रमणमा रहनुभएका ट्रम्पले अमेरिकामा महत्वपूर्ण नयाँ लगानी भित्र्याउने आशा गर्नुभएको छ । अमेरिकामा राष्ट्रपति बनेपछि पहिलो औपचारिक भ्रमण बेलायत, क्यानडा वा मेक्सिको गर्ने परम्परा भएपनि ट्रम्पले त्यसमा परिवर्तन गर्नुभएको छ ।


प्रतिक्रिया