राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त
पुस १५, २०८२ | काठमाडौं
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठको प्रशिक्षणमा नेपालले आगामी माघ १५ देखि पोखरामा हुने साफ यु–१९ महिला च्याम्पियनसिप खेल्नेछ।
सुमन पछिल्लो समय ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड सम्हाल्दै आएका थिए। गत मंसिरमा सम्पन्न एन्फा प्रेसिडेन्ट लिगमा श्रेष्ठले चित्लाङ एफसीको टचलाइन सम्हालेका थिए । यस्तै, एन्फाले गोलकिपिङ प्रशिक्षकमा राजु सिंह महर्जनलाई नियुक्त गरेको छ ।









