समानुपातिकको बन्दसूची ५ दलले बुझाए

पुस १४, २०८२ | काठमाडौं

आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ५ वटा दलले समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाकै सूची बुझाएका छन् भने नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले २० जनाको सूची आयोगमा बुझाएका छन् । 


प्रतिक्रिया