पूर्वी नवलपरासीको सदरमुकाममा १३ वटा कार्यालय निमार्ण हुदै

पुस १४, २०८२ | नवलपुर

पूर्वी नवलपरासीको नमुना सदरमुकाम निमार्णको कामले तिव्रता पाएको छ । संघ र प्रदेश कार्यालय ,खेलमैदान एकै स्थानमा निमार्ण गरेर सेवा सञ्चालन गर्ने उद्देश्यले निमार्ण गर्न लागिएको सदरमुकाममा अहिले १३ वटा भवन निमार्णको काम भैरहेको छ ।

 जिल्ला प्रशासन कार्यालय ,एकीकृत भवन र आआफ्नो मन्त्रालय मार्फत आआफ्नो कार्यालय भवन निमार्णको काम भैरहेको हो । २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले शिलान्यास गरेको भएपनि रुख कटान, डिपिआर लगायतका काम ढिलाइ हुँदा काम अगाडि बढ्न सकेको थिएन ।

 सरकारले निमार्ण गर्ने तय भएपनि बजेट अभाव भएपछि आआफ्नो मन्त्रालय मार्फत बजेट विनियोजन गरेर आवश्यकता अनुसार भवन निमार्णको काम अगाडि बढाइएको हो ।

 अहिले दुई वटा टेन्डर मार्फत काम अगाडि बढिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर द्रोण कटुवालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय र एकीकृत भवन ३० करोड ६५ लाखको लागतमा काम भैरहेको छ । 


प्रतिक्रिया