यादव केन्द्रीय सदस्यसहित जसपा नेपालमा समाहित

पुस १४, २०८२ | काठमाडौं

जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीकी सह–अध्यक्ष रेणु यादव नेतृत्वमा रहेका केन्द्रीय सदस्यहरु जसपा नेपालमा प्रवेश गर्नुभएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रेणुको हस्ताक्षरमा जारी विज्ञप्तीमा पार्टी एकिकरण गरिएको जनाइएको छ ।

यसैबीच,उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ ।

अध्यक्षद्वय यादव र ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी पार्टी एकीकरण गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।

दुई पार्टीबीच एकीकरणको निर्णयबारे बताउँदै लोसपा नेता जितेन्द्र सोनलले सहमतिबाट पार्टी एउटै हुने, चुनाव चिन्ह एउटै हुने, सहमतिमा उम्मेदवार चयन हुने बिषय टुंगो लागेको बताउनुभयो ।


प्रतिक्रिया