एसेज सिरिजको चौथो टेस्ट म्याचमा इंग्ल्याण्डको ऐतिहासिक जीत
पुस १२, २०८२ | काठमाडौं
एसेज सिरिज अन्तर्गत चौथो टेस्ट खेलमा इङ्गल्याण्डले अस्ट्रेलियालाई पराजित गरेको छ । यो संगै अस्ट्रेलिया लगातार १८ खेलमा भएको विजयी यात्राबाट रोकिएको छ । घरेलु मैदान मेलबर्नमा अस्ट्रेलिया ४ विकेटले पराजित भएको हो। दुई दिनमै सम्पन्न भएको चौथो टेस्टमा अस्ट्रेलियालाई हराएसँगै इङ्गल्याण्ड सिरिजमा क्लिन स्वीप हुनबाट जोगिएको छ। दोस्रो इनिङस्मा अस्ट्रेलियाले दिएको १ सय ७५ रनको लक्ष्य इंग्ल्याण्डले ३३ ओभरमा पूरा गरेको हो।
आजको खेलको नतिजापछि पाँच खेलको सिरिजमा अस्ट्रेलियाले ३–१ को अग्रता बताएको छ । चौथो म्याच गुमाए पनि अस्ट्रेलियाले सिरिज भने जितिसकेको छ। अस्ट्रेलियालाई दोस्रो इनिङ्समा १ सय ३२ रनमै अलआउट गर्न सफल भएपछि इंग्ल्याण्डका लागि सन् २०११ यताकै पहिलो टेस्टमा जित निकालने असर बनेको थियो ।
अस्ट्रेलियालाई सस्तैमा रोक्न इङ्ल्याण्डका ब्राइडन कार्सले ४ विकेट लिँदा कप्तान बेन स्टोक्सले ३ विकेट हात पारे । दुई टोलीबीचको अन्तिम तथा पाँचौँ म्याच यहि पुष २० गते सिड्नीमा हुनेछ ।








