आगामी निर्वाचनमा सहि व्यक्ति चुन्न मन्त्री घिसिङको आग्रह

रेडियो कान्तिपुर संवाददाता

पुस १२, २०८२ | काठमाडौं

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनमा सहि व्यक्ति चुन्न आग्रह गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले फागुन २१ गते हुने निर्वाचनमा उपयुक्त व्यक्तिलाइ मतदान गरि नेतृत्वदायी भूमिकामा पुर्याउन आग्रह गर्नुभयो । 

उज्जालो नेपाल बनाउन समेत निर्वाचनका माध्यमबाट सहयोग गर्नुपर्ने घिसिङले बताउनुभयो । उज्यालो नेपाल नामक पार्टीको संरक्षकका रुपमा घिसिङ रहेको बताइन्छ । सो पार्टीका हरेकजसो कार्यक्रममा मन्त्री घिसिङले सहभागिता जनाउँदै आउनुभएको छ ।


प्रतिक्रिया