एनभिए पुरुष तथा महिला भलिबल च्याम्पियनसिप भोलिदेखि सुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

पुस १०, २०८२ | काठमाडौं

एनभिए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उद्धघाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल भलिबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुई टोलीबीच उद्धघाटन खेलमा आमनेसामने हुन लागेका हुन् ।

 सो खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भोली बिहान ९ बजे सुरु हुनेछ । यस्तै, पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब र ढोरपाटन क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ गरी कुल २० टोलीको सहभागिता रहने छ । नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिप भोलीदेखि पुस १९ गतेसम्म संचालन हुनेछ । 


प्रतिक्रिया