साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

भाद्र ४, २०८२ | काठमाडौं
भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले हराएको हो ।
पहिलो हाफमै ५ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल गर्यो ।
अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।
प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।
नेपालले अब अर्को खेलमा पर्सि शुक्रबार भुटानसँग खेल्नेछ ।