टप इन्ड टी–२० सिरिजमा नेपालको तेस्रो हार

भाद्र २, २०८२ | काठमाडौं

नेपाल अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो तेस्रो खेलमा पनि पराजित भएको छ । डार्विनको टीआईओ स्टेडियममा बिहान भएको खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको हो ।

१ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमै समेटियो । नेपालका लागि ओपनर आशिफ शेखले ४९ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । 

कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३३ रन जोड्दा ओपनर कुशल भुर्तेलले २५ रन बनाए । मेलबर्नका लागि अस्टिन अन्लेजार्क र ड्युग वारेनले २÷२ विकेट लिँदा आर्यन शर्माले एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो । समूह चरणका ६ खेलमध्ये नेपालले लगातार तीन खेल हारेको हो । 

पहिलो खेल नर्दन टेरिटोरी स्टाइकर्ससँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

नेपालले अब पर्सि बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्ने तालिका छ ।नेपाली टोली आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया गएको हो ।


प्रतिक्रिया