आर्सनको विजयी सुरुवात

भाद्र २, २०८२ | काठमाडौं
आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा यस सिजनको पहिलो जित हात पारेको छ । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई १–० गोलले हराएको हो ।
आर्सनलको जितमा खेलको १३ औं मिनेटमा रिकार्डो कालाफियोरीले हेडर मार्फत गोल गरे । जितसँगै आर्सनल ३ अंकसहित छैटौं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा नटिङघम फरेस्टले बेनफोर्टलाई ३–१ ले हराउँदा, चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिगमा आज लिड्स युनाइटेड र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ ।
सो खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ ।