युभेन्टसलाई ५–२ गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी समूह विजेता

असार १३, २०८२
क्लब विश्वकपमा म्यानचेस्टर सिटीले युभेन्टसलाई ५–२ गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको छ । समूह जी मा रहेको सिटी जितसँगै समूह बिजेता बनेको हो । गएरातिको हारले इटालियन क्लब युभेन्टसको कमजोर रक्षात्मक खेलप्रति गम्भीर प्रश्न उठेको छ । गएरातिको प्रतिस्पर्धा अघि नै यि दुवै टिमले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए ।
तर गएरातिको खेलमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणका तीनै खेल जित्ने एकमात्र टिम बन्न सफल भएको । यो जितसँगै इंग्लिस टोलीले प्रतियोगिताको उपाधिका लागि सबैभन्दा बलियो दाबेदारका रुपमा आफुलाई अघि सारेको छ । सिटी ९ अंकसहित समूह जी को शीर्ष स्थानमा पुग्यो भने युभेन्टस ६ अंकका साथ दोस्रो स्थानमा खुम्चिएकोे छ । युभेन्टस अब अन्तिम १६ मा समूह एच को विजेतासँग भिड्नेछ ।