दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

असार २२, २०८२

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दाउन्ने सडक खण्डको हिलो सुकेपछि एकतर्फी यातायात सञ्चालन भएको छ । राजमार्गको हिलो सुकेपछि दाउन्नेको विश्वकर्मा मन्दिर नजिक फसेको गाडी निकालेपछि केही बेर अघिबाट यातायात सञ्चालनमा आएको हाम्रा सहकर्मीले जनाएका छन् । दाउन्नेमा जाम हुन नदिन प्रहरीले ४० किलोमिटर टाढा रजहरमा बिहानैदेखि नारायणगढबाट बुटवलतर्फ हिँडेका ट्रकहरु रोकेको थियो ।

उता, पहिरोले सडक मुनिको पर्खाल भत्काउँदा अवरुद्ध भएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक अन्र्तगत कालिकोटको गाल्जे सडक अझै खुल्न सकेको छैन । साना गाडीलाई पास गर्ने साँगुरो ट्रयाक बने पनि ठूला यात्रुबाहक बस, निर्माण सामग्री र खाद्यान्न बोकेका ट्रक ३ दिनदेखि बाटोमै रोकिएका छन् । तीन साताअघि पनि सोही ठाउँमा पहिरो जाँदा सडक डिभिजन कार्यालय जुम्लाले पर्खाल लगाएर सुचारु गरेको सडक पुन भत्किएपछि ठूला गाडी रोकिएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताउनुभयो ।  


प्रतिक्रिया