एनपीएल सिजन टुः लुम्बिनीद्वारा रिटेन खेलाडीको सूची सार्वजनिक

असार ११, २०८२ | काठमाडौं

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले टोलीमा कायम रहेका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित लुम्बिनीले ६ खेलाडीको नाम सार्वजनिक गरेको हो । रोहितसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी छन् ।

 एनपीएलका लागि हरेक टिमले यसअघिका ६ खेलाडीलाई कायमै राख्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले रिटेन गरेका ६–६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् ।


प्रतिक्रिया