एपीएफ सेमिफाइनलमा प्रवेश

वैशाख १६, २०८२
विभागीय टोली एपीएफ क्लब नुवाकोटमा आयोजित प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा खेलमा पद्मा स्पोट्र्स क्लबलाई ४–० गोलले हराउँदै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलको पहिलो हाफमा २–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप दुई गोल गर्यो । एपीएफको जितमा अनिता केसीले २ तथा रश्मीकुमारी घिसिङ र गीता रानाले एक÷एक गोल गरिन् । एपीएफले अब पर्सि बिहिबार हुने सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघको टोलीसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा संकटा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।