सगरमाथा संवाद–२०२५ को तयारी अन्तिम चरणमा

वैशाख १६, २०८२
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परिरहेको असरका विषयमा आयोजना गर्न लागिएको ‘सगरमाथा संवाद २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवादको नारा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ । तीनदिने सगरमाथा संवादमा जलवायु परिवर्तनसम्बन्धी ५ वटा विषयमा १२ वटा सत्र र तीनवटा ‘प्लेनरी’ कार्यक्रम सञ्चालन हुनेछन् ।
संवादमा सहभागी हुनका लागि ३ सय जना नेपाल बाहेक अन्य मुलुकका सहभागीलाई निम्तो दिइसकेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद सचिवालयका सदस्य लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो । सहभागीलाई ‘प्लेनरी’ मार्फत आफ्ना विषयहरु राख्नलाई सम्पूर्ण व्यवस्था गरिएको उहाँको भनाई छ ।कार्यक्रममा सहभागी हुन ‘सगरमाथा संवाद एप’ अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।