राष्ट्रिय महिला फुटबलमा एपीएफले पदमा स्पोर्टस क्लबसँग खेल्दै

वैशाख १६, २०८२ | नुवाकोट

प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल आज हुने भएको छ । अन्तिम क्वाटरफाइनलमा विभागीय टोली एपीएफले पदमा स्पोट्र्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

सेमिफाइनल प्रवेशका लागि नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो चार बजे एपीएफ र पदमा स्पोट्र्स क्लब आमनेसामने हुनेछन् । आजको खेलको विजेताले पर्सि बिहीबार हुने सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघको टोलीसँग खेल्नेछन् ।

पहिलो सेमिफाइनलमा संकटा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसअघि संकटाले आर्मीलाई ३–१ गोलले हराएर अन्तिम चारमा स्थान बनाएको थियो । 

हिजो भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १–१ गोल गरे । 


प्रतिक्रिया