राष्ट्रियसभाको बैठक बोलाउन कांग्रेसको माग

रेडियो कान्तिपुर संवाददाता

पुस १३, २०८२ | काठमाडौं

नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्व बोलाउन माग गरेको छ । राष्ट्रियसभामा कंग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर अधिवेशन बोलाउन माग गरेको हो ।

 भेटमा राष्ट्रियसभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए । गत बिहिवार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न माग गर्न आग्रह गर्ने निर्णय गरेको थियो । 


प्रतिक्रिया