कैलाली कारागारमा कैदीबन्दीबीच झडप

असार २८, २०८२ | काठमाडौं

कैलाली कारागारभित्र कैदीबन्दीहरूबीच झडप भएको छ । केही कैदीले कारागारका नाइके खगेन्द्र बोगटीलाई कुटपिट गरेपछि झडपको स्थिति आएको हो । बोगटीमाथि भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको थियो । बोगटीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

 ठूलो चोटपटक नभएकाले सामान्य उपचारपछि उनलाई फिर्ता ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणाले बताउनुभयो । कैलाली कारागारमा केही दिनअघि मात्रै डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको शंकास्पद मृत्यु भएको थियो । 


प्रतिक्रिया