रेडियो कान्तिपुरको ‘नेसनल म्युजिक अवार्डस् २०८१’ सम्पन्न

असार २८, २०८२ | काठमाडौं

‘नेसनल म्युजिक अवार्डस् २०८१’ बाट विभिन्न विधाका १४ गायक गायिका सम्मानीत भएका छन् ।

 ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा रेडियो कान्तिपुरको आयोजना भएको सोे अवार्डस्बाट उनीहरुलाई विभिन्न विधामा सम्मान गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट नवगायकको अवार्ड गायक आरसी रिमालले प्राप्त गर्दा उत्कृष्ट लोक गायिकाको अवार्ड गीत शान्ति श्री परियारले प्राप्त गर्नुभएको छ । यस्तै उत्कृष्ट लोक गायकको अवार्ड प्रकाश दुतराज, उत्कृष्ट रचनाकारको अवार्डबाट भुषण खरेल सम्मानीत हुँदा उत्कृष्ट आधुनिक गायिकाको अवार्ड टीका प्रसाईंले प्राप्त गर्नुभयो ।

 उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारले प्राप्त गर्दा उत्कृष्ट पाश्र्व गायकको अवार्ड एसडी योगी र उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड समीक्षाा अधिकारीले प्राप्त गर्नुभयो । उत्कृष्ट संगीत निर्देशकको अवार्ड सञ्जीव बराइलीले प्राप्त गर्नुभएको छ । यस्तै उत्कृष्ट ब्यान्डको अवार्ड कुमः सागर एन्ड द ख्वप ब्यान्डले प्राप्त गर्दा उत्कृष्ट हिपहप एण्ड आरएण्डबीको अवार्ड ब्रिजेश श्रेष्ठले प्राप्त गर्नुभएको छ । 

उत्कृष्ट पप गायिकाको अवार्ड त्रिशला गुरुङले प्राप्त गर्दा उत्कृष्ट पप गायक र पिपुल्स चोइस अवार्ड सुशान्त केसीले प्राप्त गर्नुभयो ।   


प्रतिक्रिया