वर्षाका कारण रोकियो धुलिखेल–साँगा सडकखण्ड विस्ताको काम

असार १९, २०८२ | काठमाडौं
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–साँगा सडकखण्डको काम वर्षाका कारण रोकिएको छ ।
मनसुन सकिएपछि पुनः काम सुरु गरिने आयोजनाले जनाएको छ । सो सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प रहेको सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिए पनि वर्षाका कारण थप पक्की गर्न सकिएको छैन ।