ओलीको स्थानहद फुकुवा

रेडियो कान्तिपुर संवाददाता

पुस २१, २०८२ | काठमाडौं

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएको स्थान हद फुकुवा गरेको छ ।

आजबसेको आयोगको बैठकले ओलीमाथि लगाइएको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले गत असोज १२ गतेको आयोगको बैठकले तोकेको स्थान हद हटाउने निर्णय भएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा आयोगको सोधपुछ सकिएपछि विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने स्थान हदहटाइएको आयोगको भनाइ छ ।

आगामी निर्वाचनका लागि वातावरण बनाउन अध्यक्ष ओलीलाई लगाइएको स्थानहद हटाउनुपर्ने माग एमालेले गर्दै आएको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री ओली सहित सुरक्षा निकाय र प्रशासनीक क्षेत्रका नेतृत्वसँग पनि बयान लिइसकेको छ ।

घटनाबारे छानविनका लागि सरकारले पूर्व न्यायाधिश गौरी बहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ ।   


प्रतिक्रिया