मधेसमा सामाजिक–धार्मिक सद्भाव कायम राख्न मुख्यमन्त्री यादवको आग्रह

रेडियो कान्तिपुर संवाददाता

पुस २१, २०८२ | काठमाडौं

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेशमा शान्ति, सद्भाव र एकताको बाटोमा अघि बढ्न आग्रह गर्नुभएको छ । भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले मधेशको विविधता नै यसको सामथ्र्य र शक्ति भएको समेत बताउनुभएको छ । 

धनुषामा दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सदभाव र एकताको लागि सार्वजनिक अपिल गर्नुभएको हो । हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उहाँले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताउनुभएको छ । 

प्रदेश सरकार नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले शान्ति–सुरक्षाको अवस्था मजबुत बनाइने उल्लेख गर्नुभएको छ । 


प्रतिक्रिया