त्रिवि उपकुलपतिको सचिवालयमा तोडफोड गर्ने विद्यार्थी नेताविरुद्ध जाहेरी दर्ता

जेष्ठ १८, २०८२ | काठमाडौं

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सचिवालयमा तोडफोड गर्ने विद्यार्थी नेताहरूविरुद्ध जाहेरी दर्ता भएको छ ।

विश्वविद्यालयमा मर्यादाविपरीत कार्य गर्नेहरूविरुद्ध प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको हो । गत साता २०–२५ जनाको समूहले विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा प्रवेश गरी तोडफोड गर्ने, क्षति पु¥याएकोे र केन्द्रीय पदाधिकारीहरूलाई भौतिक रुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या जस्ता कार्य भएको थियो ।

सो गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही र भौतिक सम्पत्तिको हानी नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक प्रक्रिया अगाडि बढाइएको त्रिभुवन विश्वविद्यालय रजिष्टारको कार्यालयले जनाएको छ । त्रिविले सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न पटक पटक गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई आग्रह गरे पनि संलग्नलाई उन्मुक्ति दिने गरिएको हो ।  


प्रतिक्रिया