भारतले पहिलो अन्तरिक्षयात्रीलाई पुनः अन्तरिक्षमा पठायो

असार ११, २०८२ | काठमाडौं

भारतले ४१ वर्षपछि पहिलो अन्तरिक्षयात्री अन्तरिक्षमा पठाएको छ । 

अन्तरिक्षयात्री शुभांशु शुक्लाको नेतृत्वको टोली एक्सिओम–४ मिशन केनेडी स्पेस सेन्टरबाट प्रस्थान गरी अन्तरिक्षमा पुग्न सफल भएको छ । अमेरिकाको फ्लोरिडास्थित स्पेस एजेन्सी नासाको अन्तरिक्ष सेन्टरमा मिशन क्रू कम्पनीको फाल्कन–९ रकेट प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तरिक्ष यात्री नयाँ स्पेसएक्स ड्यागन स्पेसक्राप्टमा चढेका थिए । रकेट प्रक्षेपण भएको २६ घण्टापछि अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । अन्तरिक्ष पुग्ने शुक्ला दोस्रो भारतीय नागरिक हुन् । यसअघि सन् १९८४ मा पहिलोपटक राकेश शर्माले अन्तरिक्षमा पाइला टेक्नुभएको थियो । शुक्ला नासाको परिक्रमा प्रयोगशाला पुग्ने पहिलो भारतीय समेत बन्नुभएको छ । 


प्रतिक्रिया