इजरायल र इरानबीच एक साता देखि जारी युद्ध तनावपूर्ण बन्दै

असार ६, २०८२
इजरायल र इरानबीच एक साता देखि जारी युद्ध तनावपूर्ण बन्दै गएको छ । गत शुक्रबार इजरायलले इरानमा हवाई आक्रमण गरेसंगै सुरु भएको युद्ध ७ दिनसम्म आइपुग्दा रोकिने स्थितिमा नरहेको जनाइएको छ । इरानले गएराती इजरायलको अस्पतालमा आक्रमण गरेको थियो । सो आक्रमण संगै इजरालले इरानलाई ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठुलो क्षती बेहोर्नुपर्ने चेतावनी दिनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसैविच, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलको पक्षमा रहने वा नरहने विषयमा २ साता भित्र निर्णय गर्ने बताउनुभएको छ । इरानलाई आणविक सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दवाव दिंदै आएको छ । यसैबीच इजरायल–इरान युद्धको सन्दर्भमा अमेरिकाले विभिन्न मुलुकसंग राय संकलन गरिरहेको छ ।