टर्कीमा रुस र युक्रेनबीच तीन वर्षपछि शान्ति वार्ता सुरु

जेष्ठ २, २०८२ | काठमाडौं

रुस र युक्रेनका अधिकारीबीच तीन वर्षपछि पहिलोपटक शान्ति वार्ता सुरु भएको छ ।

 दुई देशका अधिकारीहरुबीच टर्कीको इस्तानबुलमा वार्ता सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ पछि युक्रेनी र रुसी प्रतिनिधिहरूबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएको हो । टर्कीका विदेशमन्त्री हकान फिदान लगायतका अधिकारीहरुले वार्ताको सहजिकरण गरेको बताइएको छ ।

 वर्तामा विदेशमन्त्री फिदानले युद्धविराम यथासक्य छिटो हुनुपर्ने भन्दै शान्तिका लागि दुवै पक्ष सकारात्मक भएको उल्लेख गर्नुभयो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको ताइएको छ ।

 यद्यपि, युक्रेनमाथिको आक्रमण रोके राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्न खोजेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इस्तानबुलमा युक्रेनी र टर्कीका अधिकारीहरुसँग बताएका छन् ।   


प्रतिक्रिया