भारतले आफ्नो भूमिमा सैनिक हमला गर्न सक्ने पाकिस्तानको आशंका

वैशाख १७, २०८२ | काठमाडौं

भारतले आफ्नो भूमिमा सैनिक हमला गर्न सक्ने पाकिस्तानले आशंका गरेको छ । पाकिस्तानका सूचना मन्त्री अट्टाउल्लाह तारारले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो खुलासा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कास्मिरमा २६ जनाको ज्यान जाने गरि गत साता भएको हमला पछि भारत र पाकिस्तानबीचको दरार थप बढ्दै गएको छ । कास्मिर हमलामा पाकिस्तानी नागरिकको संलग्नता रहेको भारतको आरोप पछि दुई मुलुकबीच विभिन्न प्रतिवन्ध लगाइएका छन् । भारतले पाकिस्तानसँगको जल सम्झौता निलम्बन गरेको छ भने पाकिस्तानले भारतीय वायुसेवालाई प्रतिवन्ध लगाएको छ ।

पाकिस्तानले भने कास्मिर हमलामा आफ्नो मुलुकको कुनै संलग्नता नरहेको जनाउँदै घटनाको निष्पक्ष छानविनको माग गर्दै आएको छ । 


प्रतिक्रिया