युवा पुस्तामा आशा र विश्वास जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलको सुझाव

वैशाख १७, २०८२ | काठमाडौं

युवा पुस्तामा आशा र विश्वास जगाउने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तारुढ दलहरुले सरकारलाई सुझाव दिएका छन् । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्ता पक्षीय दलहरुको बैठकमा उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरिएको एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले सरकार र आन्दोलनरत शिक्षकहरुसँग वार्ता भइरहेको र चाँडै सहमति भई सामुदायिक विद्यालय सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नीति तथा कार्यक्रममा सुझाव लिन प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दलको बैठक बोलाउनुभएको हो । सरकारको बार्षिक नीति तथा कार्यक्रम पर्सी शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत गर्दै हुनुहुन्छ ।


प्रतिक्रिया