आजदेखि १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

असार २, २०८२ | काठमाडौं
नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
साबिककै आकार तथा रंगमा नयाँ नोट चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको छाप रहेको छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विक्रम संम्वत २०८१ लेखिएको छ ।