इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनलमा प्लानिङ बोइज र यु.के.एफ.सी. बीच प्रतिस्पर्धा हुँदै
वैशाख ३, २०८३ | सुनसरी
इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज हुने अन्तिम क्वाटरफाइनलको खेलमा प्लानिङ बोइज युनाइटेड र खर्साङ फुटबल क्लब यु.के.एफ.सी.बीच प्रतिस्पर्धा हुँदैछ ।
खेल इटहरी रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।
यस खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लाग्ने छ ।
यसअघि मोरङको गछिया युवा समाज, मछिन्द्र फुटबल क्लब र ललितपुरको सातदोबाटो युथ क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
हिजो भएको तेस्रो क्वाटरफाइनल खेलमा ललितपुरको सातदोबाटो युथ क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० ले हरउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सातदोबाटोको जितमा सुरजज्यु ठकुरी र समिर तामाङले १–१ गोल गरे । प्रतियोगिताअन्तर्गत सेमिफाइनलका खेल भोलीबाट सुरु हुनेछन् भने फाइनल खेल आगामी सोमबार हुनेछ ।










