भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज

पुस ४, २०८२ | काठमाडौं

भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।

अहमदावादमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । 

पाँच खेलको टी–२० श्रृंखला भारत २–१ ले अगाडि छ । 

पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । 

चौथौ खेल बाक्लो हुस्सु र वायु प्रदूषणका कारण हुन सकेन । 

भारतले आजको खेल जितेमा टी–२० शृङ्खला जित्नेछ भने दक्षिण अफ्रिकाले जिते शृङ्खला बराबरी हुनेछ ।

यस अघि यी दुई देशबीच भएको टेस्ट शृङ्खला दक्षिण अफ्रिकाले र एक दिवसीय शृङ्खला भारतले जितेको थियो ।


प्रतिक्रिया