एन्फा यु–१६ युथ लिग फुटबलमा चर्च ब्वाइजको दोस्रो जित

असार ३२, २०८२ | काठमाडौं

साबिक विजेता चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिग फुटबलमा दोस्रो जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई ९–२ गोलले पराजित गरेको हो । जितसँगै चर्च ब्वाइज पाँच खेलमा ६ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ । 

सातदोबाटो अंकविहीन छ । चर्च ब्वाइजको जितमा स्वप्निल दर्नाल र सुशन थापामगरले ह्याट्रिक गरे । त्यस्तै सुजन तामाङले दुई तथा पारस ऐडीले एक गोल गरे । सातदोबाटोका विमलेन्द्रकुमार कुशवाह र युवराज भट्टराईले एक÷एक गोल गरे । 

यसैबीच, आजै भएको अर्को खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजासँगै फ्रेन्ड्सले ५ खेलबाट १० अंक जोडेको छ । समान खेल खेलेको हिमालयन शेर्पाको ८ अंक छ । 


प्रतिक्रिया