सुर्खेतमा ‘रेडियो अन ह्विल्स’ सम्पन्न, दिपक खड्कालाई विश्वकपको प्याकेज
पुस २१, २०८२ | सुर्खेत
रेडियो कान्तिपुरले वर्षेनि गर्दै आएको सातौं संस्करणको ‘रेडियो अन ह्विल्स’ वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कमेडियन राजा राजेन्द्र पोखरेल, गायक विश्व नेपाली, डान्स च्यापियन नेपाकी विजेता वर्षा फुयाल, डान्स च्याम्पियन सिजन –१ की विजेता रोसिका रावतलगायत लगायतले प्रस्तुती दिएका छन् ।
शनिबार नेपालगन्जबाट सुरु भएको यो वर्षको कार्यक्रम आइतबार धनगढी हुँदै सुर्खेतमा गरिएको हो । वीरेन्द्रनगरस्थित घण्टाघरमा झण्डै ४ घण्टा भएको कार्यक्रममा कलाकारको प्रस्तुती र दर्शकहरुको हुटिङले आसपासको क्षेत्र गुञ्जायमान भएको थियो ।
‘रेडियो अन ह्विल्स’ देशका विभिन्न १४ सहर घुमिसकेपछि ८ माघमा काठमाडौंमा पुग्नेछ । कार्यक्रम बुटवल, पोखरा, नारायणघाट, धरान, जनकपुर, बिर्तामोड, इटहरी, बिराटनगर, लाहान र हेटौडालगायत सहरमा आयोजना हुनेछ । यो वर्ष ‘रेडियो अन ह्विल्स’ लाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ भने ग्लोबल आईएमई बैंक, टिभीएस मोटरसाइकललगायतले सहयोग गरेका छन् ।
कार्यक्रममा गोलाप्रथामार्फत वीरेन्द्रनगर–१२ का दिपक खड्का विजेता बने । उनले एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंक्सको तर्फबाट उनले फेब्रुअरी ८ तारिखमा मुम्बईमा हुने टी–२० विश्वकपको टिकट प्राप्त गरेका छन् । यो टिकट कार्यक्रम आयोजना हुने सबै सहरहरुमा एकएक जनालाई ‘लक्की ड्र’ मार्फत वितरण गरिनेछ ।









