९ बुँदे सहमतिसहित थारु अभियन्ता रास्वपामा समाहित
पुस २१, २०८२ | काठमाडौं
नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरु ९ बुँदे सहमति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम मार्फत् उनीहरु रास्वपामा समाहित भएका हुन् ।
सहमतिपत्रमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल र नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट र थारुवान समुदायका अभियन्ता भनिएका लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।
सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्न मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्ने लगायत बिषयमा उनीहरुबीच सहमति भएको छ ।









