उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु, २ घाइते
पुस २१, २०८२ | उदयपुर
भोटराज राई
मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगानगरपालिका–७ स्थित होक्से भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार त्रियुगा नगरपालिकाका ४३ वर्षिय राजा हुसेन अली र २६ वर्षिया आशा सदाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको जिल्ला अस्पताल उदयपुरमा लगिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ४० वर्षिय समिद्रा सदार र ४५ वर्षिय शम्भु सदा जिल्ला अस्पताल उदयपुरमा उपचार गरी घर फर्किएका छन् ।









