लिपुलेकको विषय कूटनीतिक तहबाट समाधान गर्नुपर्छः सञ्चार मान्त्री गुरुङ

भाद्र ६, २०८२ | काठमाडौं
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली भूमि लिपुलेक प्रयोग गर्ने गरी छिमेकी भारत र चीनले गरेको व्यापार सहमतिको विषय कूटनीतिक तहबाटै समाधान गरिनुपर्ने बताउनुभएको छ ।
कास्कीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले दुई देशसँग वार्ताबाटै समस्या समाधान गरिनुपर्ने बताउनुभएको हो ।
मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघसँग समन्वय गरेर वा भारतसँग द्विपक्षीय वार्ता गरेर सीमाको समस्या समाधान गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले संसद्का सबै राजनीतिक दलको समर्थनमा चुच्चे नक्सा पारित भएकाले त्यसप्रति सबै अडिग रहेको जिकिर गर्नुभयो ।