निजी विद्यालयका सञ्चालकद्वारा आन्दोलनको घोषणा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०८२ | काठमाडौं

विद्यालय शिक्षा विधेयकमा रहेका निजी विद्यालयसम्बन्धी विभेदकारी व्यवस्था गरिएको भन्दै त्यसलाई हटाउन माग राखि निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । 

निजी विद्यालयहरूको छाता संस्था प्याब्सन, एनप्याब्सन र हिसानले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी शिक्षा विधेयकमा पूर्ण छात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक शब्द हटाउन माग गर्दै आन्दोलन घोषणा गरेका हुन् ।

 निजी विद्यालय सञ्चालन गर्न नसकिने गरी आएको विधेयक संसद्को समितिले पारित गर्न लागेकोमा उनीहरुले असन्तुष्टि जनाएका छन् । निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गराउनेसम्मको चेतावनी दिएका छन् । 


प्रतिक्रिया